भैरहवा, फाल्गुन १६    राष्ट्रिय वैश्य महासंघ नेपाल रुपन्देही को आयोजनामा भैरहवास्थित पटवा बैंक्वेट मा होली मिलन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा वैश्य समुदाय अन्तर्गतका विभिन्न संघ–संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी संस्थाहरूमा जयसवाल सेवा समिति, रूपन्देही, साहु तेली कल्याण सेवा समिति, रूपन्देही, अग्रहरी सेवा समाज, रूपन्देही, कान्दु वैश्य सेवा समिति, रूपन्देही, सुडी समाज, रूपन्देही, रौनियार सेवा समिति, रूपन्देही, वरनवाल सेवा समिति, रूपन्देही, कसौधन सेवा समिति, रूपन्देही, हलुवाई सेवा समिति, रूपन्देही, केसरवानी समाज, रूपन्देही, चौरसिया समाज, रूपन्देही, कुम्भकार प्रजापति संघ, रूपन्देही, पटवा समाज, रूपन्देही, भुजवा समाज, रूपन्देही, रंगवा समाज, रूपन्देही, कौशल समाज, रूपन्देही, सिन्दुरिया सेवा समाज, रूपन्देही, स्वर्णकार वर्मा सेवा समिति, रूपन्देही लगायतका संस्थाहरू सहभागी थिए। साथै कसौधन महिला समिति, अग्रहरी महिला समिति, जैसवाल महिला समिति, तेली महिला कल्याण समिति र सुण्डी महिला समितिको पनि सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले होली पर्वलाई सद्भाव, प्रेम र एकताको प्रतीकका रूपमा उल्लेख गर्दै सम्पूर्ण समुदायलाई आपसी मेलमिलाप र सौहार्दतापूर्वक पर्व मनाउन आग्रह गरे। उनीहरूले वैश्य समाजभित्र रहेका कुरीतिहरू अन्त्य गर्दै आर्थिक, राजनीतिक र सामाजिक रूपमा समुदायको उत्थानका लागि एकजुट हुनुपर्नेमा जोड दिए। सो अवसरमा नागरिक उन्मुक्ति पार्टी का तर्फबाट समानुपातिक उम्मेदवार बनेकी श्री किरण गुप्ताले सामाजिक, राजनीतिक तथा घरायसी रूपमा उत्पीडनमा परेका महिलाहरूलाई समान अधिकारका लागि सशक्त संघर्ष गर्न आह्वान गरिन्। उनले आगामी निर्वाचनलाई अग्रगामी परिवर्तनको अवसरका रूपमा सदुपयोग गर्दै संघर्षशील महिलाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढाउन सबैसँग सहयोगको अपिल गरिन्।

त्यसैगरी विभिन्न राजनीतिक दलबाट प्रत्यक्ष उम्मेदवारहरू जे.बी. गुप्ता, विशाल गुप्ता, राधेश्याम गुप्ता तथा समानुपातिक उम्मेदवार राजेन्द्र गुप्ता र इन्द्रा कुँवरले आफूहरू विभिन्न संघ–संस्थामार्फत सामाजिक सेवामा सक्रिय रहँदै आएको उल्लेख गर्दै समाजमा विद्यमान उत्पीडन र समस्यालाई नजिकबाट बुझेको बताउँदै सहयोगको अपेक्षा व्यक्त गरे। कार्यक्रम अमित गुप्ता को अध्यक्षता तथा महासचिव तारकेश्वर कान्दुको सञ्चालनमा सम्पन्न भएको थियो।