भैरहवा, चैत ४
ब्राइट स्टार इंगलिस बोडिंग सेकेण्डरी स्कुल सिनपा १ रानीगाउं रुपन्देहीको ९ औं बार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण एवम सांस्कृतिक कार्यक्रम २०८२ बुधबार एक कार्यक्रमका बिच उत्साहजनक वातावरणमा सम्पन्न भएको छ । बिद्यालयका प्रबन्ध निर्देशक अमित यादवको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय सचिव विष्णु पौडेलको प्रमुख आतिथ्यतामा बुधबार बिद्यालयमा ९ औं बार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण एवम सांस्कृतिक कार्यक्रम २०८२ सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन गर्नु हुदै उदघाटन सत्रका प्रमुख अतिथी एनप्याब्सन रूपन्देहीका जिल्ला अध्यक्ष बाबूराम बन्जाडेले विद्यालयले छोटो समयमै हासिल गरेको उपलब्धि प्रशंसनीय रहेको बताउनुभएको छ । उहाँले विद्यालय व्यवस्थापन, शिक्षक तथा अभिभावकबीचको सहकार्यले मात्र उत्कृष्ट शैक्षिक वातावरण सिर्जना हुने बताउँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै गरी कार्यक्रममा बोल्दै समापन सत्रका प्रमुख अतिथी बिष्णु पौडेलले अभिभावकहरुको सक्रिय सहभागिता, चासो र बिद्यार्थी संख्या र यहाको शैक्षिक नतिजा तथा बिद्यालयको टिमको अथक प्रयासले नै ब्राइट स्टार स्कुल भैरहवाको उत्कृष्ट बिद्यालयको रुपमा स्थापित भएको बताउनु भएको छ । उहाले शिक्षामा भौतिक बिकास संग संगै आध्यात्मिक बिकासलाई जोडेर लैजान सके मात्र समाजमा सहि ब्यक्ति उत्पादन गर्न सकिने बताउनु भएको छ । उहाले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक जीवनसँग जोडिनुपर्नेमा जोड दिदै वर्तमान समयको प्रतिस्पर्धात्मक विश्वमा टिक्नका लागि विद्यार्थीहरूलाई सीप, अनुशासन र नैतिकताको शिक्षा अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याइरहेको भन्दै उहाँले ब्राइट स्टार स्कुलको प्रगतिप्रति खुशी व्यक्त गर्नुभएको थियो ।
यस्तै गरी बिद्यालयका प्रबन्ध निर्देशक अमित यादवले बिद्यालयका शिक्षक र कर्मचारी लगायत बिद्यालयको सम्पुर्ण टिमको अथक प्रयासले नै ब्राइट स्टार इंगलिस बोडिंग स्कुलले शैक्षिक गुणस्तरमा फडको मारेको बताउनु भएको छ । उहाले यस बिद्यालयले बिगत ९ बर्षदेखि बिभिन्न संघर्ष गर्दै आएको र यसमा अभिभावकहरुको साथ र सहयोग पनि उत्तिकै पाएको बताउनु भयो । उहाले ब्राइट स्टार बिद्यालय नाम अनुसार नै चम्किदै गएको बताउदै उहाले बिद्यालयमा खेलमैदानको साथसाथै स साना बालबालिकाहरुको लागी छुटटै खेलपार्क सहित बिद्यालयले बिद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउनका लागी मन्टेश्वरी स्तरका शिक्षकहरुमार्फत अध्ययन अध्यापन गराउदै आएको जोड दिनु भयो । उहाले बिद्यार्थीहरुलाई प्रबिधीमैत्री शिक्षा प्रदान गर्ने समेत प्रतिबद्धता गर्नु भएको छ । यस्तै गरी ब्रहमाकुमारी ईश्वरीय बिश्व बिद्यालयका दुर्गा दिदीले आध्यात्मिक तथा नैतिक शिक्षाको महत्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई अनुशासन, संयमता र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा दिनुभयो। उहाँले जीवनमा सफल हुनका लागि राम्रो चरित्र र संस्कार सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो । उहाले बिद्यालयमा बिद्यार्थीहरुले धेरै कुरा सिक्न पाएको र ब्राइट स्टार इंगलिस बोडिंग स्कुलले छोटो समय नै गुणस्तरीय शिक्षा दिन सफल भएको जोड दिनु भयो ।
उहाले आध्यात्मिक शिक्षाले मानिसका मनमा रहेका बिकार हटाई समाजमा असल ब्यक्ति बनाउनमा महत्वपुर्ण भुमिका खेल्ने हुदा यस बिद्यालयले ओमशान्तिको मार्फत बिद्यार्थीहरुलाई अनुशासन सिकाउने गरेकोे बताउनु भएको छ । उहाले ब्यक्ति ठुलो बने पनि असल संस्कार ओतप्रोत भएन भने बिभिन्न प्रकारको दुर्घटना निम्तिन सक्ने भएकोले नैतिक शिक्षा सबैलाई आवश्यक भएको बताउनु भएको छ । यस्तै गरी विद्यालयका सहायक प्रधानाध्यापक राहुल यादवले स्वागत मन्तव्य राख्दै विद्यालयको स्थापना कालदेखि हालसम्मको यात्रा, उपलब्धि तथा आगामी योजनाहरूको विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले विद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै अतिरिक्त क्रियाकलापमा समेत विशेष ध्यान दिइरहेको बताउँदै विद्यार्थीको सर्वाङ्गीण विकास नै मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो । अभिभावक, शिक्षक र विद्यार्थीको समन्वयले मात्र विद्यालयलाई उत्कृष्ट बनाउने विश्वास व्यक्त गर्दै उहाँले सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
त्यस्तै गरी, शिक्षिकाहरू संगीता यादव र गरिमा त्रिपाठीले विद्यालयको शैक्षिक वातावरण, अनुशासन र विद्यार्थीहरूको सक्रिय सहभागिताको प्रशंसा गर्दै शिक्षण सिकाइ प्रक्रियामा निरन्तर सुधार गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँहरूले विद्यार्थीलाई आत्मविश्वासी, जिम्मेवार र सक्षम नागरिकका रूपमा तयार पार्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । यस्तै गरी विद्यार्थीको तर्फबाट कक्षा ५ की नफिसा खातुनले मन्तव्य राख्दै विद्यालयले आफूहरूलाई प्रदान गरेको शिक्षा, मार्गदर्शन र अवसरप्रति कृतज्ञता व्यक्त गर्नु भएको छ । उहाले शिक्षकहरूको माया, सहयोग र प्रेरणाले आफूहरूलाई अगाडि बढ्न सहज भएको बताउँदै आगामी दिनमा अझ मेहनत गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रमको मुख्य आकर्षणका रूपमा विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक कार्यक्रम तथा नाचहरू रहेका थिए । परम्परागत तथा आधुनिक नृत्य, देशभक्ति गीत, नाटक, कविता वाचन तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिहरूले कार्यक्रमलाई अझ जीवन्त र रोचक बनाएको थियो ।
कार्यक्रमका क्रममा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने, अनुशासित, नियमित तथा अतिरिक्त क्रियाकलापमा सक्रिय विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो। यसबाट विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा अभिवृद्धि भएको विद्यालय प्रशासनले जनाएको छ। उक्त कार्यक्रमको सञ्चालन विद्यालयका कक्षा ९ का विद्यार्थीहरू प्रल छेत्री, जैनव पठान, अभिषेक चौधरी र निशा गुप्ताले संयुक्त रूपमा गरेका थिए।

