फाल्गुन २९
Election Commission Nepal ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत सम्पूर्ण मतगणना कार्य सम्पन्न भएको जानकारी दिएको छ। आयोगद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीतर्फको मतगणना कार्य सफलतापूर्वक सम्पन्न भएको हो। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ देशभरका निर्वाचन क्षेत्रहरूबाट अन्तिम मतपरिणाम सार्वजनिक गरिसकिएको छ भने विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गर्ने कार्य समेत सम्पन्न भइसकेको आयोगले जनाएको छ।


त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सम्पूर्ण मतगणना सम्पन्न गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार सिट बाँडफाँटको निर्णय गरिएको आयोगले जनाएको छ। प्राप्त सदर मतका आधारमा ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका विभिन्न राजनीतिक दलहरूलाई समानुपातिकतर्फ सिट निर्धारण गरिएको हो। आयोगले उक्त सिट संख्या अनुसार राजनीतिक दलहरूले कानुनबमोजिम निर्धारित समयभित्र समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली छनोट गरी आयोगसमक्ष पेश गर्न आग्रह गरेको छ। साथै निर्वाचन प्रक्रिया पारदर्शी, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न भएको भन्दै यसमा सहयोग गर्ने सबै निकाय, सुरक्षाकर्मी, कर्मचारी तथा मतदाताप्रति आयोगले धन्यवाद व्यक्त गरेको छ।