रुपन्देही, फागुन १०   बालेन्द्र शाह (बालेन) का दाजु कौशलेन्द्र (कौशल) शाहले रुपन्देहीको प्रसिद्ध धार्मिक स्थल मर्चवारीमाई मन्दिरमा पुगेर दर्शन तथा विशेष पूजाआजा गर्नुभएको छ। मन्दिर परिसरमा विधिवत् पूजाअर्चना गर्दै उहाँले श्रद्धापूर्वक घण्टी अर्पण गर्नुभएको जनाइएको छ। साथै, उहाँले स्थानीयवासीको सुख, शान्ति र समृद्धिको कामना गर्दै प्रार्थना गर्नुभएको थियो।

उहाँको उपस्थितिमा स्थानीय भक्तजन, समाजसेवी तथा अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो। कौशलेन्द्र शाहले समाजमा सद्भाव, एकता र आपसी सम्मान कायम रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको बताइएको छ। रुपन्देही जिल्लामा अवस्थित मर्चवारीमाई मन्दिर धार्मिक आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ। यहाँ दैनिक रूपमा ठूलो संख्यामा श्रद्धालुहरू दर्शन तथा पूजाआजाका लागि आउने गर्दछन्।