भैरहवा, फागुन ९ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन आज शनिबार रुपन्देही आउनु भएको छ । निर्वाचन केन्द्रित ‘संकल्प यात्रा’ अन्तर्गत अध्यक्ष लिङ्देन रुपन्देहीका विभिन्न स्थानमा पुगेर कोणसभा तथा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको हो ।

यसैक्रममा भैरहवा एयरपोर्टमा भव्य स्वागत गरी माेटरसाइकल रैली सहित नगर परिक्रमा गर्दै सि. न. पा. ३ स्थित जिल्ला पार्टी कार्यालय पुगेका थिए। जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य धनिराम चौधरी लाई राप्रपा मा प्रवेश गराइयो।

पार्टीका रुपन्देही जिल्ला सचिव बलराम शर्मा अनुसार अध्यक्ष लिङ्देन शनिबार दिउँसो १ बजे देवदह नगरपालिकामा पुग्नुहुनेछ। त्यसपछि १ः४० बजे खैरेनीमा कोणसभा, २ बजे शित्तलनगर, २ः३० बजे सिक्टहन–शंकरपुर र ३ बजे रोहिणीको धकधईमा कोणसभा आयोजना गरिएको छ । त्यसैगरी ३ः३० बजे पटखौली, ३ः४५ बजे सग्रहवा, ३ः५५ बजे कान्छी बजार र ४ः१० बजे मंगलापुर हुँदै ४ः३५ बजे बुटवल पुग्ने कार्यक्रम रहेको जनाइएको छ । यस्तै, ४ः५५ बजे सैनामैनाको मुर्गिया र ५ः३० बजे रामापुर कलोनीमा कोणसभा आयोजना गरिने राप्रपाले जनाएको छ। राप्रपाले संकल्प यात्रामार्फत कार्यकर्ता परिचालन, मतदाता भेटघाट तथा पार्टीका एजेन्डा सार्वजनिक गर्ने जनाएको छ ।

