फागुन २६ गते
देशभर Rastriya Swatantra Party (रास्वापा) को लहर चलिरहेका बेला Rupandehi District क्षेत्र नं. ४ अन्तर्गत मार्चवरमा कडा प्रतिस्पर्धा र विभिन्न उतार–चढावबीच रास्वापाका युवा नेता Kanhaiya Baniya विजयी भएका छन्। विजयपछि नेता बनियाँ अहिले मतदाताको घरदैलोमा पुगेर धन्यवाद व्यक्त गर्न व्यस्त छन्। उनले यो जित आफ्नो व्यक्तिगत नभई मार्चवरका सम्पूर्ण युवा, किसान तथा जमिन्दारी र सामन्ती प्रवृत्तिबाट उत्पीडित रहेका मार्चवरवासीको सामूहिक जित भएको बताएका छन्।


बनियाँका अनुसार पटक–पटक मार्चवरबाट चुनाव जितेर पनि जनताका लागि ठोस काम नगर्ने प्रवृत्तिका कारण यहाँको स्वास्थ्य, शिक्षा र कृषि क्षेत्र निकै पछाडि परेको छ। अब बन्ने सरकारले जनताको आधारभूत आवश्यकतासँगै विकास निर्माणका कामलाई प्राथमिकता दिने र किसानका लागि मलखादको उचित व्यवस्थापन गर्न आफूले अहम भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। नेता बनियाँले आगामी दिनका रणनीति तथा योजनाबारे जानकारी दिँदै अहिले पनि जनताको घरदैलोमा पुगेर प्रत्यक्ष भेटघाट र संवादलाई निरन्तरता दिइरहेका छन्।