नवलपरासी, चैत १
बर्दघाट नगरपालिका–४ फलफूल चोकमा लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय बर्दघाट मा कार्यरत प्रहरी सहायक निरीक्षक हरि कुँवरले लागुऔषध प्रयोगका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असरबारे जानकारी दिनुभएको थियो। उहाँले विशेषगरी युवापुस्तालाई लागुऔषधको लतबाट टाढा रहन आग्रह गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने बताउनुभयो।

कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि तथा बासिन्दाले पनि लागुऔषध नियन्त्रणका लागि प्रहरी र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। यस्ता कार्यक्रमले स्थानीय तहमा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्न तथा जनचेतना बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।