भैरहवा, चैत १
नेपाल प्रहरी अन्तर्गत लुम्बिनी प्रदेश प्रहरी कार्यालय को विशेष टोलीले लागुऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। फागुन २९ गते दिउँसो करिब १:३० बजेतिर रोहिणी गाउँपालिका–२ छोट्की खुर्खुरियामा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा महाराजगंज जिल्ला उपेन्द्रपुर थाना, ग्राम दशरथपुर बस्ने १९ वर्षीय आदित्यनाथ यादव रहेका छन्। उनी चढेको UP 56 A 5714 नम्बरको प्लाटिना मोटरसाइकल जाँच गर्दा विभिन्न प्रकारका लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। उनको साथबाट SPM+PRX+Wockhardt नामका ४२९ ट्याब्लेट, Berrycof 100 ml का ११ बोतल, Nitrazepam Tablets IP 10 mg का १२ पत्ता (१२० ट्याब्लेट) तथा एक थान Realme मोबाइल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।