रुपन्देही, फागुन ११ रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता प्रज्जवल बोहरा को चुनावी सक्रियता बढेसँगै क्षेत्रमा नयाँ उत्साह देखिएको छ। घरदैलो भेटघाट, टोलभेला र कोणसभामार्फत मतदातासँग निरन्तर संवाद गरिरहेका बोहराको पक्षमा समर्थकहरू सक्रिय बनेका छन्।
स्थानीय युवा, महिला तथा ज्येष्ठ नागरिकहरूले सुशासन, विकास र परिवर्तनका मुद्दामा केन्द्रित नेतृत्वको आवश्यकता औंल्याउँदै बोहराप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। आगामी फागुन २१ गते हुने मतदानमा राप्रपाको चुनाव चिह्न ‘हलो’मा मत हालेर उनलाई जिताउने प्रतिबद्धता व्यक्त गर्ने मतदाताको संख्या बढ्दो रहेको बताइएको छ। घरदैलोका क्रममा बोहराले सडक तथा अन्य पूर्वाधार सुदृढीकरण, रोजगारी विस्तार, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने योजना सार्वजनिक गर्दै आएका छन्। जनविश्वासलाई कायम राख्दै पारदर्शी र जवाफदेही नेतृत्व दिने उनको प्रतिबद्धता छ।
निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–१ मा चुनावी गतिविधि थप तीव्र बन्दै गएको छ भने बोहराको पक्षमा माहोल अनुकूल बन्दै गएको उनका समर्थकहरूको दाबी छ

