भैरहवा नेपाल राष्ट्रिय बैश्य महासंघ रुपन्देही जिल्ला कार्यसमितिको तेस्रो बैठक अध्यक्ष श्री अमित गुप्ता ज्युको अध्यक्षतामा भैरहवाको मौर्या होटलमा सम्पन्न भएको छ। बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारज्युहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकले आगामी मिति २०८२ फागुन १६ गते पटवा बैन्क्याेटमा जिल्ला भरिका सम्पूर्ण वैश्य समुदाय हरुलाई सहभागी हुन आह्वान गरी होली मिलन कार्यक्रम भव्य रूपमा आयोजना गर्ने महत्वपूर्ण निर्णय गरेको छ। कार्यक्रमलाई सभ्य, व्यवस्थित तथा आकर्षक गर्न उपाध्यक्ष श्री अशोक शाह को संयोजकत्वमा तयारी समिति समेत गठन गर्ने निर्णय गरियो। आवश्यक तयारीलाई तीव्रता दिने विषयमा समेत बैठकमा विस्तृत छलफल भएको थियो।

बैश्य समाजको मुख्य उद्देश्य समाजमा एकता, सद्भाव र सहकार्यलाई मजबुत बनाउनुका साथै व्यापार, शिक्षा, सामाजिक उत्थान र सांस्कृतिक संरक्षणमा योगदान पुर्याउनु रहेको महासंघले जनाएको छ। साथै, समाजका सदस्यहरूको हक–हितको संरक्षण, युवा पुस्तालाई सही मार्गदर्शन तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समुदायको समग्र विकासमा टेवा पुर्याउने लक्ष्य समेत महासंघले लिएको छ। बैठकमा उपस्थित पदाधिकारी तथा सदस्यहरूले होली पर्वलाई आपसी सद्भाव, भाइचारा र एकताको प्रतीकका रूपमा मनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताएका छन्। कार्यक्रममार्फत समाजबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउने तथा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। महासंघले कार्यक्रम सफल बनाउन सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समुदायका व्यक्तिहरूलाई सक्रिय सहभागिताका लागि आग्रह समेत गरेको समितिकी सह कोषाध्यक्ष श्री किरन गुप्ता ज्यूले जानकारी दिनुभयो।

