परासी, ४   माघ । नेपाली कांग्रेसको सुनवलबाट घरदैलो कार्यक्रम आजदेखि शुरु भएको छ । चुनावी प्रचार प्रसारलाई तिब्र बनाउदै कांग्रेसले निर्वाचन क्षेत्र नं. २ को सुनवलबाट घरदैलो कार्यक्रम शुरु गरेको हो । सो क्षेत्रमा कांग्रेसबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेको सुनवल नगरपालिका निवर्तमान मेयर भिम बहादुर थापा (भरत थापा) मतदाता भेटन आजदेखि घरदैलो व्यस्थत भएका छन् । आफनो लोकप्रिय विकासे एजेण्डा लिएर उम्मेदवार थापा मतदाताको घर–घरमा पुगी भोट माग्न व्यस्त देखिएका छन् ।


सुनवल नगरपालिका वडा नंं ४ सुनवलको मुख्य बजार क्षेत्रको घरदैलो कार्यक्रममा रहेका भरत थापाले यदि आफुँ चुनाव जिते भने ‘‘समृद्ध सुनवल बनाउनमा सदन र पार्टीमा जुन सुकै लडाई लडन तयार रहेको मतदाताहरुलाई विस्वास दिलाउनु भयो ।” देशमा परिवर्त ल्याउन र देशको विकासमा अहम भुमिका नेपाली कांग्रेसकै रहने मतदाताहरुलाई विस्वास दिलाउदै देशको सामाजिक, आर्थिक र भौगोलिक विकासका लागि पार्टी संग ठोस योजना रहेको बताउनु यभो । समृद्ध सुनवलका लागि यहाँको सामाजिक, राजनितिक विकास संगै सुनवलको आर्थिक क्षेत्र उठाउन पलह गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । आर्थिक विकासमा ठुलो टेवा पु¥याउने सुनवलको पर्यटन क्षेत्र, महलपोखरी, हिलपार्क, बन वाटिका, बाबा बरगोरिया लगायतको क्षेत्रलाई पर्यटनेका रुपमा विकास गरि यस क्षेत्रलाई पर्यटनको हबको रुपमा विकास गर्न लागी पर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।


उम्मेदवार भरत थापा र समानुपाति तर्फकि उम्मेदवार सुनिता देवी श्रेष्ठ आज सुनवलको वडा नंं १ र ४ मा मतदाता भेटन घरदैलो कार्यक्रम व्यस्त छन् । पार्टीको घरदैलो कार्यक्रमको शुभारम्भमा नेपाली कांग्रेसका पार्टी सभापति अर्जुन कुमार पोख्रेल, पार्टी कोषाध्यक्ष उत्तमा राय, पुर्व सभापति विष्णु पौडेल, जिका सदस्य विष्णु सुबेदी, क्षेत्रिय सभापति माधव पाण्डे, प्रदेशसभापति दिपक भुषाल, नगरसभापति सोमबहादुर रायमाझी, टे«ड युनियन सभापति ज्ञानहरि अर्याल, तरुणदलका केन्द्रिय सदस्य माधव चापागाई, पार्टीका नेता यज्ञ प्रसाद पाण्डे, मिठु केसी लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा मतदाताहरु निकै उत्साही पाइउको छ । विकास कार्यमा राम्रो अनुभव प्राप्त उम्मेदवार पाएपछि स्थानियहरु झनै खुशी भएका छन् ।