भैरहवा, माघ २३ — रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका–३ दुमदुमवाका स्थानीयवासी विष्णु अर्याल सवारी दुर्घटनामा परेर खुट्टामा गम्भीर चोट लागेपछि हाल उपचाररत रहनुभएको छ। दुर्घटनापछि उहाँको अवस्था गम्भीर बनेको र चिकित्सकको सल्लाहअनुसार लामो समयसम्म उपचार आवश्यक पर्ने देखिएको छ।

लामो समयदेखि निरन्तर उपचार जारी रहँदा परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको छ। दैनिक जीवनयापनसँगै महँगो उपचार खर्च धान्न कठिन भइरहेको परिवारले जनाएको छ। आर्थिक अभावकै कारण उपचारमा समस्या आउन सक्ने अवस्था देखिएपछि उहाँको उपचारलाई निरन्तरता दिन सहयोगको आवश्यकता परेको बताइएको छ।यस परिस्थितिमा मानविय सेवाभाव भएका संघ–संस्था, समाजसेवी, व्यवसायी तथा सहयोग गर्न इच्छुक महानुभावहरूलाई यथाशक्य आर्थिक सहयोग गरिदिन परिवारले हार्दिक अपिल गरेको छ। सहयोग गर्न चाहनेहरूका लागि सहजताका लागि तल QR कोड उपलब्ध गराइएको छ।


