मर्चवार, फागुन १९      रुपन्देहीको मायादेवी गाउँपालिका–५ गोनाहा चोकमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मदिरा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले १ सय बोतल मदिरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मझगावाँका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आचारसंहिता लागू भइसकेको समयमा अवैध रूपमा ढुवानी भइरहेको मदिरा नियन्त्रणमा लिएको हो। बरामद गरिएको मदिराबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। साथै घटनासँग सम्बन्धित व्यक्तिमाथि कानुनी प्रक्रिया अगाडि बढाइने जानकारी दिइएको छ।